
रुपन्देहीको क्षेत्र १का सांसद तथा पुर्ब मन्त्री छबिलाल बिश्वकर्माले गांउ गाउमा बिकाशको लहर सुरु भएको बताउनु भएको छ । उहांले समाजको बिकाशमा पुरुष मात्र नभइ महिलाहरुले पनी अगुवाइ गरिरहेको भन्दै नेकपाको सपना पुरा हुने दिशामा समाज अगाडी बढेको दाबि गर्नु भयो । संजिवनी आमा समुह तिलोत्तमा १२ बर्मेलीटोलको सामुदायीक भवन तथा सभाहलको उद्घाटन कार्यक्रममा सांसद बिस्वकर्माले सो बिषयमा जोड दिनु भयो । उहाले अहिले कोरोनाले सबै क्षेत्रलाई त्राही त्राही बनाएको भन्दै प्रत्येक नागरिक सचेत हुदै अगाडी बढनुको बिकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्यि सभाका सदस्य गोपाल भट्राइले महिलाहरुको अगुवाइमा समाजको बिकाश क्रम सुरु भएको भन्दै खुसी ब्यत्त गर्नु भयो । सदस्य भट्राइले पिछडिएको क्षेत्रमा बिकाशको क्रम सुरु भएको भन्दै पुर्वाधार निर्माण तथा आर्थिक बिकाशले फड्को मार्ने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा वडा न १२ का बडा अध्यक्ष सहदेव थारुले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरु पुरा हुदै गएको भन्दै वडाको बिकाशका लागी आफुहरु लागी परेको दाबि गर्नु भयो ।भवन बिर्माण अनुगमन समीतीका सदस्य खुमराज कडेलले आय ब्यय सार्बजनीक गर्नु भएको थियो । सामुदायीक भवन तथा सभाहल निर्माण समितीका अध्यक्ष इश्वरी ज्ञवाली अध्यक्षतामा भएको कार्यक्रम संजिवनी आमा समुह तिलोत्तमा १२ का अध्यक्ष गोपी पान्डेको स्वागत र सालीगग्राम ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्