
तिलोत्तमा-तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संग मिल्दो लक्षण देखिएकोले पिसिआर चेक गरिएकोमा आज आएको कोरोना परीक्षण रिपोर्टमा घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको घिमिरेले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा जानकारी दिए ।नगर प्रमुख घिमिरेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन।
कमेन्ट गर्नुहोस्