लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यक्तिगत दुरी कायम गर्दै संविधान दिवस मनाइयो

IMG

संविधान दिवसका अवसरमा आज आयोजित औपचारिक समारोह कोभिड १९ को महामारीलाई ख्याल गर्दै व्यक्तिगत दुरी कायम गरी मनाइएको छ ।

समारोहलाई सम्बोधन गर्दै मुख्यममन्त्री शंकर पोखरेलले कार्यान्वयन हुँदै जाँदा संविधान सर्वस्वीकार्य भएको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनसगैं प्रदेश सरकार छोटो अवधिमै देखिने र सुनिने अवस्थामा आइपुगेको, महामारीका बेला प्रदेश सरकारले औचित्य पुष्टि गरेको, स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले जनआकांक्षा पूरा गर्न तहगत सरकारहरुले गरेका कामको नतिजा देखिन लागेको र अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । समारोहको अध्यक्षता आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गर्नुभयो ।

कमेन्ट गर्नुहोस्