लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोकसेवा अन्याेलमा, तयारी युवालाई उमेर हदबन्दीको चिन्ता

IMG

कोरोनाभाइरस महामारीका कारण निजामती सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान अनिश्चित हुँदा लोकसेवा आयोगले लिने परीक्षाको अन्तिम पटक तयारी गरिरहेका युवालाई उमेर हदबन्दी लाग्ने चिन्ता बढेको छ।मन्त्रिपरिषद्को १४ वैशाखको बैठकले अर्काे निर्णय नभएसम्मका लागि सबै भर्ना प्रक्रिया रोक्ने निर्णय गर्‍यो। लोकसेवा आयोगले पनि आफ्ना सबै नियमित परीक्षाहरू स्थगित गर्‍यो। जसले गर्दा निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र संस्थानहरुको रिक्त दरबन्दी पूर्ति रोकियो।आयोगले कोरोना कहरकै बीच ३१ असारमा आर्थिक वर्ष २०७७/७८ को परीक्षाका लागि वार्षिक कार्यतालिका सार्वजनिक गर्याे । जसमा मंसीरदेखि नयाँ दरखास्त आह्वान अनुसार परीक्षा गर्ने उल्लेख छ। स्थगित परीक्षा गर्ने अर्को तालिका भने प्रकाशन गरेको छैन। तर, कोरोनाभाइरस संक्रमण बढ्दै गएका कारण नयाँ परीक्षाका लागि दरखास्त आह्वान हुने सम्भावना न्यून छ।


लोकसेवाले लिने विभिन्न पदको परीक्षामा हजारौँ युवा सहभागी हुन्छन्। सबै पदका लागि उमेर हदबन्दीको नियम लागू हुन्छ। दरखास्त आह्वान ढिला हुँदा उमेर हदबन्दीकै कारण कतिपय युवा आइन्दा लोकसेवाको परीक्षा दिन अयोग्य हुनेछन्।


निजामती सेवातर्फ पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर हदबन्दी छ। लोकसेवाको कार्यतालिका अनुसार मंसीरमा हुने परीक्षाका लागि दरखास्त आह्वान नै हुनसकेको छैन।

कमेन्ट गर्नुहोस्