लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भनेलेजुएलामा हिंसाः सेनाले आन्दोलनकारीमाथि बख्तरबन्द गाडी चलायो

tillotmacitynews - 2020 Apr 24 03:22 AM
IMG

काठमाडौं,भेनेजुएलामा पुनः हिंसा शुरु भएको छ । विपक्षी नेता ख्वान गुइदोले राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गर्दै आन्दोलनमा उत्रिएपछि त्यहाँ हिंसा सुरु भएको हो । 

राष्ट्रपति निकोलस मदुरोले सत्ता नछाडेपछि गुइदोले सरकारविरुद्ध निर्णायक आन्दोलनका लागि आह्वान गरेका थिए । आन्दोलनमा हजारौं प्रदर्शनकारीहरु सडकमा पनि ओर्लिए । राजधानी कराकसस्थित सैनिक मुख्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले मदुरोको राजीनमा मागिरहेका बेला मदुरोको सेनाले भने प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ ।


त्यहाँ अहिले प्रदर्शन हिंसात्मक बन्दै गइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सैनिकहरुले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । यतिबेला सुरक्षाकर्मीको बख्तरबन्द गाडी प्रदर्शनकारीमाथि चढेको भिडियो भाइरल बन्दै गएको छ । 

कमेन्ट गर्नुहोस्