लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कास्मीर घटनाका दोषी मसुद आतंककारी घोषित

tillotmacitynews - 2020 Apr 24 03:18 AM
IMG

काठमाडौं, भारतको कश्मीरमा ४० जनाको ज्यान जाने गरी हालै गराइएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएका समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घ युएनले आतङ्कवादी घोषणा गरेको छ । 


सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुदको सम्बन्ध अलकायदासँग रहेको भन्दै उनलाई आतंककारी घोषणा गरेको हो । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । 


उनी भारत र पाकिस्तानबीच हंगमा गराउने जैश–ए–मोहम्मद समूहका प्रमुख समेत हुन् । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ ।


उनलाई आतंकारी घोषणा गरेपछि भारतले आफ्नो कूटनीतिक जित भएको मानेको छ ।


यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।


भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ ।

कमेन्ट गर्नुहोस्