लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान सहकारीद्वारा उद्यमीहरूका लागि 'स्मार्ट व्यापार कला तालिम' सम्पन्न

IMG

कोटिहवा। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आज संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीमा 'स्मार्ट व्यापार कला तालिम' सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमा व्यवसाय गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न इच्छुक सेयर सदस्य एवं उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो एक दिने तालिम संचालन गरिएको हो।


तालिममा कुल २१ जना ऊर्जावान उद्यमीहरूको सहभागिता रहेको थियो। उक्त प्रशिक्षण कार्यक्रममा उद्यमीहरूलाई आफ्नो व्यवसायलाई कसरी आधुनिक र अझ बढी प्रभावकारी (स्मार्ट) बनाउने, बजारको माग अनुसार कसरी अगाडि बढ्ने र प्रतिस्पर्धामा कसरी अब्बल रहने भन्ने विषयमा विस्तृत रूपमा सिकाइएको थियो। विशेष गरी व्यवसायलाई दिगो र नाफामूलक बनाउनका लागि 'व्यावसायिक योजना (Business Plan)' कसरी तयार पार्ने भन्नेबारे प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो। तालिमका क्रममा कुनै पनि व्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण बुँदाहरू जस्तै— बजार विश्लेषण, आर्थिक व्यवस्थापन, जोखिम न्यूनीकरण र ग्राहक सन्तुष्टि जस्ता विषयहरूलाई विशेष मध्यनजर गर्दै प्रशिक्षार्थीहरूलाई स्पष्ट पारिएको थियो।


तालिम समापनका अवसरमा सहभागी उद्यमीहरूले यस प्रकारको व्यावहारिक ज्ञानले आफ्ना व्यावसायिक कमजोरीहरू सुधार्न र व्यवसायलाई नयाँ उचाइमा लैजान ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। संस्थाले आगामी दिनहरूमा पनि आफ्ना सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि यस्ता सीपमूलक र व्यावसायिक तालिमहरूलाई निरन्तरता दिने जनाएको छ।


कमेन्ट गर्नुहोस्