
काठमाडौँ, जेठ ३० गते । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ। पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हिमाली तथा विकट जिल्ला, जनसम्पर्क समिति र नयाँ सदस्यता वितरणको समयसीमा थप गर्ने निर्णय गरेको हो।
बैठकले देशका अधिकांश क्षेत्रमा डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक भइरहेको जानकारी दिँदै अहिलेसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको जनाएको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकीको फाराम वडा तहमा अद्यावधिकको प्रक्रियामा छ।
कमेन्ट गर्नुहोस्