लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा नुवाकोटदेखि फर्किदा स्कुटर दुर्घटना, २ जनाको ज्यान गयो,एकजना घाइते

IMG

बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु  बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी  १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।


मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बुटवल वडा नं १३ मा पर्ने  भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा  स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।


नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।नुवाकोट-बुटवल सडकको यही स्थानमा पट- पटक दुर्घटना भएर पछिल्ला दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको छ । यो सडक खण्डमा ट्राफिक प्रहरीको चेकजाँच नहुने भएकाले दुर्घटना दोहोरिएर मानवीय क्षति भइरहेको हो ।

कमेन्ट गर्नुहोस्