
कुञ्जलापुर। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य सचेतना प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सहआयोजकमा मानसिक अस्पताल, ललितपुर रहेको थियो।कार्यक्रममा मानसिक अस्पताल, ललितपुरका निर्देशक डा. सुरज तिवारी, बाल तथा किशोरी मनोचिकित्सक डा. अमित झा तथा सोही अस्पतालका मातृका शर्मा दाहालले सहजीकरण गरेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले स्वास्थ्यको क्षेत्रमा तिलोत्तमा नगरपालिकाले ठुलो योगदान गरेको र निकट भविष्यमै सुलभ फार्मेसीमार्फत जनताको मजह्मा जाँदै गरेको समेत बताउनुभयो। मानसिक स्वास्थ्यमा ध्यान नपुर्याउदा भविष्यमा ठुलो जोखिम व्यहोर्नुपर्ने बताउदै उहाँले यसप्रति सबै चनाखो हुनुपर्ने औल्याउनुभयो। सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले अन्य स्वास्थ्य सेवा भन्दा मानसिक स्वास्थ्यको बारेमा त्यसले ठुलो रुप लिएपछि मात्रै थाहा हुने हुँदा शुरु देखिने चनाखो भै त्यस सम्बन्धि परामर्श लिनुपर्ने बताउनुभयो।पछिल्लो समय यो समस्याले धेरैको घर जरा गाडेको भन्दै उहाँले सबैको प्रयासले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिने बताउनुभयो।
स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।स्वास्थ्य संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुबीच गरिएको कार्यक्रममा मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्ने, समस्या पहिचान तथा समाधानका उपायबारे सहभागीलाई जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस्