लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रम सम्पन्न

IMG

शिवपुर। तिलोत्तमा नियमित सरसफाईको १५६ ओें संस्करण सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न। ११ को शिवपुर चोकमा १५६ओें संस्करण सम्पन्न भएको छ। हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गत आज सरसफाई अभियानमा सम्पन्न भएको छ । यस अभियानमा नगर प्रमुख रामकृष्ण खांडको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बिष्णु बराल क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो ।


सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिनु भएको छ । सो कार्यक्रममा निबर्तमान वडाअध्यक्ष बिष्णु बराल क्षेत्रीले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्य अगाडि बढेको भन्दै धन्यबाद दिनुभयो ।  नगर सफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको स्वागत तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य राधा शाहिले गर्नु भएको थियो  । कार्यक्रममा जनप्रतिनिधि , वडाका सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ११ का आम नागरिकहरुको सहभगिता रहेको थियो।

कमेन्ट गर्नुहोस्