लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही-१ का रास्वपा उम्मेदवार सुनिल भन्छन : जनलहरले घन्टीलाई प्रेम गरेको छ !

IMG

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार, इन्जिनियर सुनिल लम्सालले रुपन्देही–१ मा आफ्नो पक्षमा बलियो जनलहर देखिएको दाबी गरेका छन्। चुनावी घरदैलो तथा कोणसभालाई तीव्रता दिँदै उनले “जनलहरले घन्टीलाई प्रेम गरेको छ” भन्दै उत्साह व्यक्त गरे।


उनले पुराना दलप्रति जनतामा निराशा बढ्दै गएको र परिवर्तनको चाहनाले घन्टी चुनाव चिह्नतर्फ मतदाता आकर्षित भएको बताए। “हामी सुशासन, पारदर्शिता र विकासका एजेन्डा लिएर जनताको बीचमा छौं,” उनले भने, “यसपटक रुपन्देही–१ मा नयाँ इतिहास बन्नेछ।”सुनिलका समर्थकहरूले युवापुस्ताको व्यापक साथ प्राप्त भएको दाबी गरेका छन्। 


विभिन्न टोल–टोलमा आयोजित भेटघाट कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको र स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको उनीहरूको भनाइ छ।यता अन्य दलका उम्मेदवारहरूले पनि चुनावी गतिविधि बढाउँदै लगेका छन्। निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–१ मा राजनीतिक माहोल थप चर्किंदै गएको छ।

कमेन्ट गर्नुहोस्