लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्न प्रसाद पौडेल

IMG

मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन

बुटवल।फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तीब्र पारिएको छ ।रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले बुधबार नवौं दिनको घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । उम्मेदवार चुन्नप्रसाद पौडेलले विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्ने बताए । बिहान ७ बजेबाट सुरु भएको घरदैलो अभियान बुटवल उपमहानगरपालिका–१० को रामनगर क्षेत्रबाट प्रारम्भ भएको थियो । रामनगरबाट सुरु भएको टोली बुटवल राजमार्ग चौराहा आसपासका टोल हुँदै विभिन्न टोलमा पुगेको थियो । उम्मेदवारहरूले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन गरे ।


अभियान पथबाट योगिकुटी क्षेत्र हुँदै सर्विस लेनमार्फत पुनः चौराहामा आएर सम्पन्न भएको थियो । घरदैलोका क्रममा स्थानीयले आफ्ना टोलका विभिन्न समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको समस्या, टोल सुधार कार्यक्रमको आवश्यकता, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा गुनासा आएका थिए । उम्मेदवार पौडेलले स्थानीयका समस्या नोट गर्दै समाधानका लागि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विकास निर्माणका अधुरा कामलाई पूरा गर्दै व्यवस्थित शहरी विकासमा जोड दिने बताएका थिए ।


त्यसैगरी दिउँसो १ बजेबाट बुटवल उपमहानगरपालिका–८ मा पनि घरदैलो अभियान सञ्चालन गरिएको थियो । उक्त क्षेत्रमा शुक्रपथ, कुशुमपथ, धर्मपथ, राजमार्ग चौराहा, त्रिभुवनपथ, दशरथपथ, श्रवणपथ र भाटभटेनी लाइन आसपासमा पुगेर उम्मेदवारहरूले मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले खानेपानी, ढल निकास, सडक व्यवस्थापन तथा ट्राफिक समस्याका विषयमा आफ्ना धारणा राखेका थिए ।केही स्थानमा ढल निकासको अभावले वर्षायाममा समस्या हुने गरेको गुनासोसमेत आएको थियो ।घरदैलो अभियानका क्रममा स्थानीयले उम्मेदवारलाई फूलमाला, टीका तथा खादा लगाएर स्वागत गरेका थिए । चुनावी अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।


निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै घरदैलो अभियानलाई अझ तीव्र बनाएका छन् । कांग्रेसका उम्मेदवार पौडेलले विकास, सुशासन र स्थानीय समस्या समाधानलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् । अब बाँकी दिनहरूमा पनि विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने प्रचारप्रसार संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए ।

कमेन्ट गर्नुहोस्