लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कृषि उत्पादनलाई प्राथमिकता राखेर कृषकको लागि काम गर्छु : उम्मेदवार दधिराम न्यौपाने

IMG

देवदह। देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन स्पष्ट नीति आवश्यक रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताउनु भएको छ । उहाले कृषिको विकासले मात्र देशलाई समृद्धि तर्फ अगाडि बढाउन सकिने भएकोले कृषि उत्पादनलाई प्राथमिकता राखेर आफुले काम गर्ने बताउनु भयो । 


प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देवदह नगरपालिका–३ र २ को घरदैलोको अवसरमा मतदाता संग संवाद गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका उम्मेदवार न्यौपानेले कृषिलाई व्यवसायीकरण गर्दै स्थानीय स्तरमा रोजगारी सृजना गर्ने गरी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले युवाहरुलाई व्यवसायीक कृषि उत्पादनमा जोड्न सके विदेश पलायनबाट युवाहरुलाई रोक्न सकिनेमा जोड दिनु भयो । 


उम्मेदवार न्यौपानेले उचित मूल्य निर्धारण गरी राष्ट्रिय आवास कम्पनीको जग्गामा बसोवास गर्ने नागरिकलाई लालपुर्जा दिलाउने गरी आफुले पहल गर्ने बताउनु भयो । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सचिव छविलाल विशवकर्मा, लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लखनीय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा रहनु भएा पार्टीका उम्मेदवार न्यौपानेलाई स्थानीयवासीले पञ्चेवाजा सहित स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्