
शंकरपुर्। तिलोत्तमा नगरपालिका शिक्षा शाखा रुपन्देहीको आयोजनामा पूर्ण दक्ष प्रशिक्षक तयार गर्ने उद्धेश्य अनुरुप सामुदायिक बिद्यालयका शिक्षक,युवा प्रतिनिधि,बाल समूहका प्रतिनिधिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । नगर प्रमुख रामकृष्ण खाणको उद्घाटनमा ३ दिन अघि शुरु भएको मानसिक स्वास्थ्य आत्महत्या न्यूनीकरण र विद्यालयमा लागू औषध दुर्व्यसन विरुद्ध युवा तथा माध्यमिक तहका शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) ३ दिने तालिम कार्यक्रमको समापन समारोहमा नगर उपप्रमुख जगेश्वर देवी चौधरी प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो। तालिममा सामुदायिक बिद्यालयका शिक्षक,युवा प्रतिनिधि,बाल समूहका प्रतिनिधि लगायतका सहभागिहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण र प्रशिक्षण गरिएको थियो।
उक्त अवसरमा प्रमुख अतिथीको रुपमा नगर प्रमुख खाणले सिकेको सीपलाई व्यवहारमा उतारी आगामी दिनमा प्रशिक्षकको रुपमा देखा परि अगरको समृद्धि र बिकासका लागि हातेमालो गर्न आग्रह गर्नुभयो। त्यस्तै समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई दक्ष प्रशिक्षकबाट दिइएको तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो। तालिमको समापन संगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख चौधरीले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक रवि सेन्चुरीले युवा जगतमा प्रशिक्षक प्रशिक्षण तालिमले शिक्षक, युवा , बिद्यार्थी लागयात्लाई ठुलो भूमिका खेल्ने बताऊनुभयो। उहाले युवाहरुको सहभागितामा नगरलाई समृद्ध बनाउन भौतिक संरचना मात्र नभई मानवीय बिकास र शिक्षा स्वास्थ्यमा समेत युवाको पहुँच पुर्याउनु पर्ने बताउनुभयो। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकको रुपमा डा.बिनोद पौडेल,कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक रवि सेन्चुरी, वित्तिय साक्षरता सहजकर्ता शकुन्तला ढकाल,अरुण थापा मगर,प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द, शिक्षा अधिकृत रमा आचार्य,नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको थियो। समापन कार्यक्रमको संचालन शिक्षा अधिकृत धनि प्रसाद शर्माले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्