
तिलोत्तमा। तिलोत्तमा नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखाको आयोजनामा संसोधित नियमावली, डिजिटाइजेशन र बैंकिंग प्रणाली सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष गणेश पाठक र सामाजिक बिकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरी लगायतको उपस्थितिमा सचिवहरुलाई भर्खरै संसोधित नियमावली, डिजिटाइजेशन र बैंकिंग प्रणाली सम्बन्धी बिषयमा जानकार गराइएको थियो।
तालिममा आफ्नो बिचार राख्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले व्यक्तिको जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरुको अनिवार्य रुपमा ३५ दिन भित्रै समयमै दर्ता गरी व्यक्तिको घटना दर्तामा कानूनीस्तर कायम गर्न तालिमले सहयोग पुग्ने बताउनुभयो। वडाको सेवा प्रवाहमा एकरुपता ल्याउन र भर्खरै जारि संसोधित नियमावलीलाई व्यवहारमा उतार समेत तालिमले सहयोग पुग्ने बताउनुभयो। व्यक्तिगत घटना दर्ता प्रणालीलाई राज्यको प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकको लागि आधारस्तरभको रुपमा लिएको बताउँदै भुसालले व्यक्तिगत घटनाको स्थानिय निकाय देखि केन्द्रीयस्तरसम्म जनसांख्यिक तथ्यांकको विवरण प्राप्त गर्न र बिकासमा समेत सहजता तुल्याउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।
सो कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक रवि सेन्चुरीले जनताको सेवालाई सहज रुपमा कार्यसम्पादन गर्न र कानुनलाई टेकेर जनतालाई सहजता ल्याउन सबैलाई आग्रहः गर्नुभयो। तिलोत्तमाबासीहरुमा समयमै घटना दर्ता गर्न आग्रह गर्दै आफ्नो घर समाज परिवारमा घट्ने व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो दिनुपर्ने सेन्चुरीले बताउनुभयो । तालिममा १७ वटा वडाका सचिवहरुलाई प्रशिक्षण दिइएको थियो।
प्रशिक्षण कार्यक्रममा संसोधित नियमावली, डिजिटाइजेशन र बैंकिंग प्रणाली सम्बन्धी ज्ञान, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा जानकारी, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र अनलाइन प्रणालीका विषयमा जानकारी प्रदान गरिएको थियो । नगरपालिकाकै हलमा संचालन भएको प्रशिक्षण कार्यक्रममा शाखाका युवराज तिवारी र मोहन न्यौपानेले सहजीकरण गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्