लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाभित्र ४ दिनमा २ सय ५ वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा पोखराको संस्था हार्ट (HART) को प्राविधिक सहयोगमा चार दिनमा ११३ पोथी र ९२ भाले गरि २ सय ५ वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।


नगरपालिका कार्यालय परिसर नजिक आदिबासी जाजाति महासघको प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू सहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ।कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा सामाजिक रुपमा पालिएको कुकुरहरुले सडक ब्यबस्थापन र समाजमा समेत केहि नकारात्मक असर पुगेकोले त्यसको ब्यबस्थापन गर्न कुकुरको संख्यामा कम गराउने उदेश्यले संचालन गरिएको बन्ध्याकरण कार्यक्रमले सहज बनाउने बिश्वास व्यक्त गर्नुभयो। 


सामुदायिक कुकुरको नियन्त्रणको अभियान छिमेकी पालिकाहरुको सहकार्यमा गर्नुपर्ने बताउदै नगर प्रमुख खाणले ‘स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्ने बताउनुभयो। उहाँले छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो। बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियान चलाईएको खाणको भनाइ छ । 


कार्यक्रममा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले कुकुरलाई मार्न नपाइने र तिनीहरुको पनि पशु अधिकारको मानिसले ख्याल गर्नुपर्ने भएकाले  सिमित बजेटमा नमूना काम भएको र धेरैजसो त्यस्ता सामुदायिक कुकुरहरुको समस्या टर्दै गएको बताउनुभयो। समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उहाँले दाबी गर्नुभयो। नगरपालिकाका सबै वडाका स्थानमा रहेका सामुदायिक कुकुरहरुलाई हार्टको समन्वय र सहयोगमा नगरपालिकाका पशु प्राबिधिक र नगर प्रहरीहरुको अगुवाईमा कुकुर समातेको स्थानट ल्याई, बन्ध्याकरण गराई सोहि स्थानमा लगि छोडिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो। उहाँले आगामी बर्ष समेत सो कार्यलाई निरन्तरता दिने समेत बताउनुभयो। 


कमेन्ट गर्नुहोस्