लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१६ का बालबालिकालाई बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धि तालिम

IMG

जुडा। तिलोत्तमा नगरपालिका वडा नम्बर-१६ मा रहेका बाल समुहका प्रतीनिधिहरुलाई बैठक व्यवस्थापन तथा माइन्युट लेखन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ ।तिलोत्तमा वडा नम्बर १६ वडा बाल संजालको आयोजना तथा वडा कार्यालयको व्यवस्थापनमा १ दिवसीय बैठक सञ्चालन र माइन्युट लेखन सम्बन्धि तालिम औपचारीक रुपमा सम्पन्न भएको हो ।


वडाको जुडा स्थित नवसोच पबित्र आमा समुहको भवनको सभाहलमा सञ्चालनमा भएको तालिममा तिलोत्तमा नगरपालिका वडा नम्बर १६ का टोल स्तरिय बाल समूह र बिद्यालय स्तरिय बाल समूह गरि १३ वटा बालसमुहका ७५ जना बालबालिकाहरुको सहभागिता रहेको तालिमको सहजीकरण मोहन न्यौपानेले गर्नुभएको थियो। वडा बाल संजालकी अध्यक्ष प्रतिभा न्यौपानेको अध्यक्षता तथा वडा अध्यक्ष झविलाल भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा वडा सदस्य मायादेवी चौधरी,जानकी सुनार लगायतको उपस्थिति रहेको थियो। 


कार्यक्रममा बोल्दै वडा अध्यक्ष झविलाल भुसालले माईन्युट लेखन देखी बैठक सञ्चालनको तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सके जिबनमा धेरै सहज हुने कुरा व्यक्त गर्नुभयो। समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुसालले दैनिक जिबनमा पर्ने यी कुराहरुलाई सिपको माध्यम बाट सिकेर ब्यबहारमा उतार्न सके बिद्यार्थी जिबनबाटै सहज हुने बताउनुभयो। उपस्थित वडा सदस्य मायादेवी चौधरी र जानकी सुनारले पनि तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सुझाव दिएका थिए ।तालिमको औपचारिक कार्यक्रमको सञ्चालन बालमैत्री सहजकर्ता चन्द्रकला घिमिरेले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्