लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-९ को आयोजनामा टोलबिकास स्तरिय बृहत सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न, मिलिजुली प्रथम

IMG

शंकरपुर्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा वडाभित्रका टोलबिकास स्तरिय बृहत सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा टोलबिकास स्तरिय बृहत सांस्कृतिक कार्यक्रम तथा प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको वडा अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए ।


खुल्ला रुपमा ‘विभिन्न सांस्कृतिक नृत्य सहित शुरु गरिएको सो कार्यक्रममा नगरपालिका वडानम्बर-७ का अध्यक्ष देवी पंगेनी, कार्यपालिका सदस्य रवी सेन्चुरी, तारा सुनार, वडा सदस्यहरु मिस्सु शाही, कमल शर्मा रेग्मी, बालकृष्ण लम्साल, वडा सचिव ऋषिकेश घिमिरे लगायतको उपस्थितिमा प्रतियोगिता सम्पन भएको हो। ’स्थानीय महिला आमा, दिदी बहिनी सांस्कृतिक प्रस्तुति सहित भएको कार्यक्रममा स्थानिय बिद्यालयका एकल तथा सामूहिक नृत्यसंगै प्रतियोगितात्मक नृत्य प्रस्तुत गरिएको वडा सदस्य तथा कार्यक्रम संचालक एबम संयोजक लवसन गुरुङले बताए । पछिल्लो समय वडाका महिलाहरूलाई विभिन्न कार्यक्रम गरी सक्रिय र चलायमान बनाउन लागि परेको बताउँदै आगामी महिनामा समेत युवा तथा महिला र सबै उमेरका लागि म्याराथुन तथा लुङ्गी फुटबल जस्ता कार्यक्रमहरू तय गरिएको गुरुङले जानकारी दिए । 


संस्कृति प्रबर्द्धनको लागि सांस्कृतिक कार्यक्रममा वडा भित्रका टोलविकास संस्थाले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए। उहाँका अनुसार संस्कृति झल्किने खालका पोषाकको साथमा सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहभागीलाई आग्रह गरिएको थियो। सांस्कृतिक कार्यक्रममा प्रथम स्थान हासिल गर्ने मिलिजुली टोल बिकास संस्था, द्धितिय हुने तुलसीपुर टोल बिकास संस्था तथा तृतिय हुने  सृजनशील टोल बिकास संस्थाका समुहलाई क्रमश १७ हजार,१२ हजार र ६ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। 

कमेन्ट गर्नुहोस्