लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा पहिलोपटक भेटियो किङ कोब्रा,तिलोत्तमाको टिमले गर्यो उद्धार

IMG

बुटवल। रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गेमा आज किङ कोब्रा ( राजगमन ) सर्प भेटिएको छ।सर्प उद्दारकर्ता बिशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किंग कोब्रा १२ फिट ३ ईन्च लम्बाई र ७ किलो २ सय ग्राम लम्बाईको रहेको थियो। पहाडी भेगमा पाइने किङ कोब्रा तराई क्षेत्र रूपन्देहीमा भेटिएको यो पहिलोपटक हो । तीन घण्टाको मेहनतमा किंग कोब्रा समाइएको थियो।


यसअघि बुटवलको फूलबारी नजिकै झण्डै १४ वर्षअघि मृत अवस्थामा किङ कोब्रा भेटिएको थियो।कोब्रालाई उद्धार गरिसकेपछि आज नै वन डिभिजन कार्यालयको रोहरबरमा सर्जमिन गरी उसको सुरक्षित वासस्थानमा छोडिएको छ । सर्प उद्धारकर्ता विशालको नेतृत्वमा बुटवल स्नेक एस्क्युर टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डे लगायतले उद्धार गरेका थिए।नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल शुरु गरेका छन् ।अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । “नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ। 

कमेन्ट गर्नुहोस्