
केवलानी। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ ले छुट्टाछुट्टै ३ वटा कार्यक्रम गर्ने भएको छ । संस्कृति संरक्षण र प्रबर्द्धनका लागि सांस्कृतिक कार्यक्रम यही कात्तिक २९ गते, दोस्रो संस्करणको तिलोत्तमा म्याराथन मंसिर १३ गते र लुङ्गी फुटवल प्रतियोगिता पौष २५ गतेदेखि २७ गतेसम्म संचालन गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको । संस्कृति प्रवद्र्धनको लागि सांस्कृतिक कार्यक्रममा वडा भित्रका टोलविकास संस्थाले प्रतिष्पर्धामा सहभागिता जनाउन पाउने वडा सदस्य तथा कार्यक्रम संयोजक गोविन्द गुरुङ्ग लवसनले बताउनुभएको छ । उहाँका अनुसार संस्कृति झल्किने खालका पोषाकको साथमा सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहभागीलाई आग्रह गर्नुभएको छ । सांस्कृतिक कार्यक्रममा प्रथम,द्धितिय तथा तृतिय हुने समुहले क्रमश १७ हजार,१२ हजार र ६ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै दोस्रो संस्करण दौड प्रतियोगितामा तिलोत्तमा भरीका १५ देखि ४० वर्षसम्मका महिला पुरुष,४१ देखि ६० बर्षसम्मका महिला पुरुष तथा ६० बर्षदेखि माथिका पुरुष जेष्ठ नागरिक सहभागी हुन पाउने वडा अध्यक्ष ध्रुव न्यौपानेले बताउनुभयो । उक्त प्रतियोगिता योगिकुटी चोकदेखि सुरु भई वडा ९ कार्यालयसम्म करिब ८ किलोमिटर दुरीको हुने संयोजक गुरुङ्गको भनाई छ । प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेले क्रमश १३ हजार ८ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी आमा समुह लक्षित लुङ्गि फुटवल प्रतियोगितामा वडा भित्रका ८ समुह र बाहीरका ८ गरी १६ समुह सहभागि हुने वडाले जनाएको छ । प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेले क्रमशः २५,१८ र १२ हजार पाउनेछन् । यस अगाडि पनि प्रतियोगिता गरिएको र फरक कार्यक्रमका रुपमा चासो दिईएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक गुरुङ्गले उल्लेख गर्नुभयो ।कार्यक्रममा संस्कार,संस्कृति र अनुशासन सहितको समाज निर्माण गर्दै एकताको भावना जागृत गर्ने कार्यक्रमको उद्धेश्य रहेको वडा सदस्य कमल रेग्मि र कार्यपालिका सदस्य तारा सुनारले बताउनुभएको छ । कार्यक्रममा वडा सदस्य कमल शर्मा रेग्मी, वडा सचिव ऋषिकेश घिमिरे, टोलबिकासका प्रतिनिधि, सुरक्षा निकाय,आमा समूह, बिद्यालयका प्रतिनिधि युवा , विद्यार्थी एबम सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्