
प्लट्लाइन,मणिग्राम। जन्मदिनमा बिरुवा अभियान अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का वडाअध्यक्ष रमेश डुम्रेले आफ्नो जन्म दिनको अवसरमा बृक्षारोपण गरेका छन् ।वडा कार्यालयको पश्चिम पट्टि रहेको खाली जग्गामा बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । जन्म दिनमा बृक्षारोपण गर्ने परिपाटीको विकासको लागि वडा अध्यक्ष डुम्रेले वडा कार्यालयकै साइडमा रहेको उद्यानमा बृक्षारोपण गरेका हुन् ।
हरेक नागरिकले आफ्नो जम्नदिवसको अवसरमा एक विरुवा रोपेमात्र पनि पर्यावरणलाई फाईदा पुग्ने, वातावरण स्वच्छ हुने बनाउँदै उनले तिलोत्तमा भित्र यस्तो कार्यको थाले भैसकेकाले बिदेशी रहनसहनको तरिकाले मनाउनु भन्दापनि आफु नजिकको बाताबरण स्वच्छ राख्न र हावापानीमा समेत सकारात्मक प्रभाव पार्न यस्तो कार्यको थालनी सबैको घर घरमा हुनु पर्ने बताए ।
उनले वडा कार्यालय नजिक रहेको सो स्थानलाई थप ब्यवस्थित बनाउन आफ्नो तहबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।सो बृक्षारोपण कार्यक्रममा वडा सचिव हरि खतिवडा सहित वडाका सदस्यहरु , टोल बिकास संस्थाका प्रतिनिधिहरु, वडाका कर्मचारीहरु,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। वडा अध्यक्ष रमेश डुम्रे स्थानिय चुनावमा वडा नम्बर-५ बाट नेपाली काग्रेसबाट बिजेता बनेका हुन्।
कमेन्ट गर्नुहोस्