लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा बडा नं ३मा बडा बाल सञ्जाल पुनर्गठन

IMG

उद्धव देवकोटा /तिलोत्तमा नगरपालिका वडा नं ३ मा वडा बाल सञ्जाल पुनर्गठन भएको छ। बालबालिकाहरुको बृहत् भेलाले २५ सदस्यीय वडा बाल सञ्जाल गठन गरेको हो। सञ्जालको अध्यक्षमा रेखा पौडेल रहेकी छन् भने उपाध्यक्षमा महिमा खनाल, सचिवमा सुबोध ज्ञवाली, कोषाध्यक्षमा सायाङ्ग क्षेत्री र सहसचिवमा कृशल देवकोटा रहेका छन् ।


त्यस्तै सदस्यहरुमा  अभिनभ विश्वकर्मा, रिवाज घिमिरे,कविर खनाल,सिद्धार्थ राना, विवेक पाण्डे, सिमुन ढकाल, अप्सन आचार्य, आयुष गौतम, एमविसन तिवारी , अभिषेक भण्डारी, दिपिशा पौडेल, प्रान्जल घिमिरे, अनुप सापकोटा, शिक्षा थापा, एन्सु के. सी., दिपसन राम्‌जाली र शिवानी (चाँदनी) पानेवाल रहेका छन् ।रेखा पौडेलको अध्यक्षता ,तिलोत्तमा वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष नारायण क्षेत्रीको प्रमुख आतिथ्य, वडा बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवाली, वडा सचिव गोकुल गिरी, बालमैत्री शिक्षक उद्धव देवकोटाको आतिथ्यमा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

               

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण क्षेत्रीले बालबालिका वर्तमानको साझेदार भएकाले यिनीहरूको बृहत्तर हितमा वडा सदा तयार रहेको बताउँदै निवर्तमान समितिलाई धन्यवाद र नव गठित समितिलाई शुभकामना व्यक्त गर्नुभयो। उद्धव देवकोटाले बालबालिकाको सर्वपक्षीय विकास गराई क्षमता अभिवृद्धि र नेतृत्व विकास गराउन वडा बाल सञ्जाल सफल रहेको र अब बन्ने नयाँ कार्यसमितिले रचनात्मक कार्यक्रमहरू गर्न अझ क्रियाशील भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो। वडा बालमैत्री सम्पर्क व्यक्ति लक्ष्मी ज्ञवालीले कार्यक्रमको सहजीकरणगर्नु भएको थियो।         तिलोत्तमा नगरपालिकाको बाल समूह गठन तथा सहजीकरण निर्देशिका –२०७६ अनुसार ८ देखि १८ वर्षसम्म उमेरका बालबालिकाहरुको समूहलाई सहभागी गराएर बाल समूह , वडा बाल सञ्जाल र नगर बाल सञ्जाल गठन गर्न सक्ने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्