लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–७ चम्कीपुरमा सरसफाई तथा वृक्षरोपण सम्पन्न

IMG

भलवारी। रुपन्देहीको तिलोतमा नगरपालिका–७ स्थित चम्कीपुरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । चम्कीपुर टोल विकास संस्था अन्तर्गत बुद्ध टोलमा शान्ति सुरक्षा कायम राखौं भन्ने उद्देश्यले कार्यक्रम राखिएको समितिका संयोजक प्रेम जीएमले जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सरसफाई र हरियाली प्रवद्र्धन पालिकाको मुख्य कार्य भएकाले वातावरण संरक्षण तथा स्वास्थ्यका लागि यस्ता कार्यक्रम गरिरहनुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका हरेक नागरिकले हातेमालो गरेर नै नगर सफा रहेको र उत्कृष्ट समेत भएको बताउनुभयो ।


नगरप्रमुख खाणले जन्मदिनमा बिरुवा रोप्ने पालिकाको नारा नै रहेकाले रुख विरुवा रोपी सुन्दर हरियाली नगर बनाउने र अक्सिजन समेत पर्याप्त पाइने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।त्यस्तै वडाध्यक्ष देवी पंगेनीले वडाबासीको सक्रियताले हरेक काम गर्न सहज भएको र सफा वडा बनाउने लक्ष्य पूरा हुँदै गएको बताउनुभयो । उक्त टोलका प्रत्येक घरधुरीबाट नागरिक सहभागिता गराइ सरसफाई गरिएको हो ।  

कमेन्ट गर्नुहोस्