लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवस्थल मन्दिरमा विजयादशमी महाउत्सव

IMG

योगीकुटी। यस क्षेत्रकै दिव्य पाव भुमि तथा बुटवल तिलोत्तमाको सीमामा पर्ने सबैभदा पुरानो मन्दिर देवस्थल मन्दिर सञ्चालक समिति बुटवल–११ योगीकुटीद्वारा नवदुर्गाको अवसरमा श्रीमददेवी भागवत नवाहज्ञान महायज्ञ कथा प्रवचन एवम् सांगीतिक भजन कृतन कार्यक्रम चलिरहेको छ ।विजयादशमी महोत्सव नाम राखिएको सो महाउत्सवमा नवरात्रभर असोज ६ गतेदेखि १५ गतेसम्म दैनिकरुपमा साझ ६ बजेदेखि राती १० बजेसम्म विजयादशमी महाउत्सव तथा भजन कृतन कार्यक्रम सञ्चालन भएको मन्दिरका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल नेपालले बताए ।


कार्यक्रम अवधिभर  बाल व्यास पण्डित इन्द्रप्रसाद शास्त्रीबाट धाराबाहिक प्रवचन एवम् राष्ट्रिय भजन गायक कृष्ण सुवेदीका सांगीतिक भजनहरु प्रस्तुत गरिएको छ ।देवस्थल मन्दिर सञ्चालक समितिका अध्यक्ष पुष्पा शर्मा न्यौपानेले नवदुर्गा तथा विजयादशमीको उत्सवका रुपमा भजन कृतनमार्फत सांगीतिक कार्यक्रम चलिरहेको बताउँदै कार्यक्रममा दैनिकजसो भक्तजनहरुको घुइचो लागेको बताईन् । मन्दिरमा पछिल्लो समय विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।



कमेन्ट गर्नुहोस्