लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेन-जी पुस्ताको आन्दोलनमा मारिएकाहरुको सम्झनामा मणिग्राममा शोकसभा र दिप प्रज्ज्वलन

IMG

मणिग्राम। नेपालको विभिन्न शहरमा भएको जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाउने किशोरयुवाहरुको सम्झनामा मणिग्राम चोकमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गरेका छन्।यसैबीच मणिग्राम चोकमा मणिग्रामका स्थानियको आयोजनामा जेन-जी आन्दोलनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको स्थानिय हिरा गिरी डायमण्डले बताएका छन्। 


स्थानिय युवाहरुको उपस्थितिमा मणिग्रामका स्थानियले आयोजना गरेको संक्षिप्त शोकसभामा हिरा गिरी डायमण्डले जेन-जीको आन्दोलनमा मारिएकाहरुप्रति एक परिबर्तन चाहने युवाको तर्फबाट गहिरो दु:ख व्यक्त गरेकाछन्। डायमण्डले सरकारले अनावश्यक बल प्रयोग गरेर स्कूल/कलेजस्तरमा रहेका होनहार युवाहरुको ज्यान लिने जघन्य अपराध गरेको बताएका छन्। डायमण्डले आन्दोलनमा आफ्ना बाबु-नानी गुमाएका अभिभावकहरुप्रति समवेदना व्यक्त गरेका छन् भने घटनामा घाइते तथा अपाङ्गता भएकाहरुको उपचार र व्यवस्थापनमा सरकारले यथोचित व्यवस्था गर्न माग समेत गरेका छन्।


शोकसभामा धौलागिरि डेन्टलका डा.मुक्ति शर्मा पौडेल, बालमैत्री नगरपालिका तिलोत्तमा बाल संजालकी झरना भण्डारी, कार्यक्रमका अध्यक्ष भेसराज बेलबासे लगायतले नेपालमा भएको बर्बर हिंसाको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडा कार्बाहीको माग गर्दै घुसपैठ र चोरी चकारी गर्नेलाई प्रहरीको दायरामा ल्याउन सबैलाई आग्रह समेत गरेका छन।शोक सभामा आन्दोलनमा मारिएकाहरुको सम्झनामा स्थाइय तथा उपस्थित आम जनताले दीप प्रज्वलन गरेका छन्।

कमेन्ट गर्नुहोस्