लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा स्तरिय परियोजना सम्बन्धी बैठक तथा छलफल कार्यक्रम सम्पन्न

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा सेतो गुराँसको आयोजनामा नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षतामा बसेको बैठकमा सेतो गुराँसले आर्थिक वर्ष २०८१/८२ मा संचालित पोषण सम्बन्धि कार्यक्रमको समीक्षा, नगर भित्रका वडाका स्वास्थ्य चौकीमा गरिएको सो सम्बन्धि तथ्यांक विश्लेषण गत वर्षको बजेट तथा खर्चको विवरण, उपलब्धी तथा चुनौती, सल्लाह सुझाव दिगोपना समन्वय र सहकार्य लगाएतका विषयवस्तु माथि छलफल गरिएको थियो।


कार्यक्रमको प्रस्तुति सेतो गुराँसका पोषण कार्यक्रम संयोजक चेतना ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रमा प्रस्तुत तथ्यांकमा रहेर आगामी बार्षिक कार्ययोजना प्रस्तुत समेत गरिएको थियो।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गङ्गाराम आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी,बिषयगत समितिका संयोजक,विभिन्न बिषयगत शाखाका प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै हेलेन केलरका फिल्ड अफिसर निरज भट्टराईले सेतो गुराँसले गरेका कार्यक्रम प्रभावकारी भएको भन्दै आगामी कार्यक्रममा अझ जनताको सेवामा समन्वय र सहकार्यमा कार्यक्रम संचालन गर्दा गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले स्वास्थ्य गुणस्तर वृद्धिका लागि सेतो गुराँसले समाजमा महत्त्वपूर्ण कार्यक्रम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा देखिएका चुनौती समाधान गर्न आफू पनि लागि पर्ने बताऊनुभयो। 


सेतो गुराँसका तर्फबाट कल्पना आचार्य र सिता भट्टराईले उपस्थित सल्लाहकार समितिका पदाधिकारीहरुलाई सहजीकरण गर्दै यो वर्ष संचालन हुने कार्यक्रमका बारेमा समेत जानकारी गराउनुभएको थियो।सेतो गुराँस, हेलेन केलर,आइडीको प्राबिधिक सहयोगमा अगरपालिकाको १७ वटै वादमा सो कार्यक्रम संचालित रहेको छ। 

कमेन्ट गर्नुहोस्