
तिलोत्तमा।तिलोत्तमा नगरपालिकाको नगरसभाको तथा १९ औँ अधिबेशन सम्पन्न भएको छ। अधिवेशन नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो ।नगर सभाले कार्यपालिकाले निर्णय गरेका बिभिन्न भूमिकर राजश्व सम्बधि प्रस्ताव पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।विभिन्न कार्यक्रमको अनुमोदन ,राजश्व परामर्श सगै करका केहि दायरामाथि छलफल समेत गरि प्रस्ताव पारित गरेको छ।
नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमा आर्थिक ऐन २०८२ को दफा ३ मा रहेको भूमिकर संशोधन प्रस्ताव पेश गर्नुभएको थियो,जुन प्रस्ताव नगरपालिकाका नगरसभा सदस्यहरुबीच प्रस्तावको अनुमोदन गरि पारित समेत गरिएको छ।प्रस्तावमाथि भएको छलफलमा सहभागी नगरसभा सदस्यको जिज्ञासा नगर प्रमुख तथा उपप्रमुखले क्रमिकरुपमा जवाफ समाधान गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्