
योगीकुटी। २/२ पटक नेपाल प्रथम भएको र गत आवको स्व मुल्यांकनमा समेत उत्कृस्ट बनेको तिलोत्तमा नगरपालिका प्रदेशमा सधै सर्वोत्कृस्ट भैरहेको छ। सुशासन पारदर्शिता र जवाफदेहिताले नै पालिका सधै उत्कृस्ट हुने नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बताएका छन। हरियाली प्रवर्द्धन र सरसफाइका हिसाबले चर्चित तिलोत्तमा पनि एक उत्कृष्ट नगरपालिका हो ।
नयाँ नगरपालिका भए पनि यसको विकासको श्रेय नागरिककै सक्रिय सहभागितालाई जान्छ । पालिकाले आफूलाई हरियाली प्रवद्र्धन र सरसफाइमा अब्बल सावित गरेको छ ।पालिकाको विकास र असल अभ्यासका लागि नागरिक सहभागिता उल्लेखनीय छ । नागरिकले ‘नगरपालिका मैले बनाउनुपर्छ भन्ने सोच राखेका छन् र यही सोचले नै तिलोत्तमालाई उत्कृष्ट बनाएको हो । पालिकालाई सुन्दर र व्यवस्थित बनाउन नागरिकको हात पनि सधैँ साथमा छ ।
यसैगरी कर्मचारी र जनप्रतिनिधिको तालमेल पनि पालिकाको सफलताको मुख्य कारण हो । कर्मचारी र जनप्रतिनिधि एउटै सिक्काका दुई पाटाजस्तै भएर पालिकालाई अघि बढाउन सहयोग गरिरहेका छन् ।आमनागरिकको बुझाइमा एउटा उत्कृष्ट पालिका भनेको सुसम्पन्न, सुशासित र पारदर्शी हुनु हो । तिलोत्तमा नगरपालिका यस दृष्टिले पनि अनुकरणीय छ । यहाँ सुशासन, पारदर्शिता, जवाफदेहिता, बजेट कार्यान्वयन, राजस्व सङ्कलनजस्ता सबै क्षेत्रमा प्रभावकारी काम भइरहेका छन् । यी सबै आधारहरू नै तिलोत्तमालाई उत्कृष्ट नगरपालिका घोषणा गर्ने मुख्य कारण हुन् ।
आउँदो वर्ष अझ राम्रो प्रतिस्पर्धा र स्थानीय तहको सक्रिय सहभागिताले पालिकालाई अघि बढाउन सहयोग पुग्नेछ । कुनै व्यक्तिको चाहना असीमित हुन सक्छ तर नागरिकका आधारभूत अधिकार र स्थानीय सरकारका कर्तव्यमा पारदर्शिता कायम राख्दै अघि बढ्न आवश्यक छ ।महिला र युवा रोजगारी, असल अभ्यास र विकासका लागि नागरिकको सक्रिय सहभागिता अनिवार्य छ । नागरिकले ‘मेरो नगरपालिका, मेरो जिम्मेवारी’ भन्ने भावना बुझिसकेका छन् जसले विकास प्रक्रिया सहज बनाउन सहयोग गरेको छ ।
समग्र भौतिक र सामाजिक पक्षमा उल्लेखनीय विकास भएको छ र बेरुजु पनि न्यूनीकरण भइरहेको छ । अब तिलोत्तमाका कुनै पनि नागरिक शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने योजना पालिकाले बनाएको छ ।उत्कृष्ट नगरपालिका बन्नका लागि सबै काम समयमै सम्पन्न गर्नु आवश्यक छ । नगरसभा, बैठक, बजेट पास, सार्वजनिक सुनुवाइ, बजेट खर्च कार्य समयमै गर्न सकिए मात्र पालिका वास्तविक रूपमा उत्कृष्ट बन्न सक्छ ।
कमेन्ट गर्नुहोस्