
तिलोत्तमा ।रुपन्देही को तिलोत्तमा नगरपालिका वडा न। ५ स्थित मणिग्राम चोकमा निशुल्क पार्किङ सुरु भएको छ । ९३ मिटरको उक्त पार्किङ स्थलको बिहिबार एक कार्यक्रम का बिच नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गरे ।उनले यस सुबिधाले ब्यापारिक र ब्यवसायिक रुपमा मणिग्रामको बिकास हुने बताए । साथै उनले पालिकामै यो पहिलो पार्किङ स्थल निर्माण भएको र आगामी दिनमा अन्य मुख्य बजार भएका चोकमा पार्किङ सुबिधा युक्त बनाइने जनाए ।
हामीले जग्गा निर्धारण गर्न सकेमा लिफ्ट सहित को पार्किङ समेत बनाउन सकिनेगरी बजेट बिनियोजन गर्न सकिन्छ, उनले भने, यसका लागि पहिले जमिन आवश्यक पर्छ । हरेक बिकास को काममा स्थानियको भुमिका महत्वपुर्ण रहने भएकाले स्थानियले चासो दिने र नगरपालिकाले गरेको काममा निगरानी संगै सहयोग गर्न र साथ दिनुपर्ने उनले बताए ।
त्यस्तै वडा न ५ का अध्यक्ष रमेश डुम्रे , तिलोत्तमा उधोग वाणिज्य संघ का अध्यक्ष ज्ञानेन्द्र कार्की, तिलोत्तमा व्यापार संघ का अध्यक्ष नेत्र प्रसाद न्यौपाने, तिलोत्तमाका ट्राफिक प्रहरी प्रमुख रेशम रिजाल लगायतले बोल्दै सहज पार्किङ भयो भने उपभोक्ताले सामान खरिद गर्न मणिग्राम बजार आउने, बजार चलायमान हुने र नगरिक खुसी हुने बताए ।उनीहरुले सडक मा अव्यवस्थित रुपमा सवारी साधन रोकिदा हुने दुर्घटना न्यूनीकरण मा समेत पार्किङ ले सघाउने बताए । कार्यक्रम को संचालन वडा ५ का सचिब हरि खतिवडा ले गरेका थिए ।
कमेन्ट गर्नुहोस्