लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उत्कृष्ट नतिजा ल्याउने तिलोत्तमा सहित ६ वटा पालिकालाई सरकारले सम्मान गर्‍याे

IMG

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ। लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच सम्मान गर्नुभयो ।गएको आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोत्कृष्ट ३ गाउँपालिका र ३ नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ ।


चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट छनोट भएका छन् ।आजै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको समेत शुभारम्भ गरिएको छ । एलजिपिएसमार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।


सम्मान ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सधै उत्कृस्ट भएर सम्मान र दोसल्ला मात्रै ओढाएर सरकार तर्किन नहुने र त्यस्ता पालिकालाई बजेट नीति तथा कार्यक्रम एबम प्रोत्साहनमा समेत समेट्नु पर्ने बताए। उनले सम्मानको गरिमा मन्त्रालयले राख्नु पर्ने र त्यसको साख जोगाइराख्न र राम्रो कार्य गरी प्रतिश्प्रधामा आउन आग्रसर हुन चाहन बढ्न सरकारले उदाहरनिय कार्य अघि बढाउन आग्रह गरे। तिलोत्तमाको तर्फबाट उपमेयर जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमाल भुसाल, वडा अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य सुरेन्द्र श्री, प्रशासन प्रमुख गणेश पौडेल लगायतका उपस्थित रहेका थिए।   


कमेन्ट गर्नुहोस्