
तिलोत्तमा-६ बाह्रनम्बर स्थित गीता मन्दिर समितिको आयोजनामा आज दिव्याआरती सहितको महाआरती संचालन भएको छ। नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा संचालन भएको दिव्या आरती कार्यक्रम कृष्ण जन्माष्टमीको अवसरमा राती १२ बजे सम्म कृष्ण अवतार जन्म लिला देखाएर सकिने छ। सो अवसरमा वडा अध्यक्ष गणेश पाठक, स्थानिय समाजसेवी जगत पौडेल लगायतका स्थानियहरुको बाहुल्य उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्