लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतियामा पहिलोपटक भिन्तुना नेवा:खलको आयोजनामा भव्य लाखे नाच कार्यक्रम

IMG

ठुटिपिपल। ओमसतियामा भिन्तुना नेवा:खलको आयोजनामा ओमसतियाको ठुटिपिपलमा लाखे नाच कार्यक्रम भएको छ। ओमसतिया गाउँपालिकाको प्रायोजन र ओमसतिया वडा नं- १ , ओमसतिया वडा नं-२ र सियारी वडा नम्बर-१ को सह प्रायोजनमा ठुटीपिपलमा लाखेनॉच झॉकी सहितको कार्यक्रम भएको हो। राति अबेरसम्म चलेको सो कार्यक्रममा नेवारी भेषभुषामा सजिएर स्थानियहरुले लाखे नाच प्रस्तुत गरेका थिए। 


कार्यक्रममा बोल्दै  ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले समाज सबै जातजाति,भाषाभाषीको संरक्षण गर्न गाउँपालिका तयार रहेको र सबैको समाज निर्माण गर्न आफु सधै प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्तो नाच यस क्षेत्रमा पहिलोपटक भएकाले आफु एकदमै उत्साहित भएको बताउनुभयो । सो अवसरमा बोल्दै ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले धर्म संस्कृतिको रक्षा गर्न भिन्तुना नेवा : खल ओमसतियाले गरेको सांस्कृतिक नाच लाखेको लागि गाउँपालिकाले सहयोग गर्ने र आगामी दिनमा अझै भब्य कार्यक्रम गर्न आफु उत्साहित भएको बताउनुभयो। संस्कृतिबाट सबै समाजलाई एककृत गर्ने अभियानमा यस्ता खाले कार्यक्रमले ठुलो भूमिका खेल्ने समेत उहाँले बताउनुभयो। त्यसो त, कार्यक्रमबारे बोल्दै अध्यक्ष ज्ञानेश श्रेष्ठले संस्कृतिको संरक्षणमा समाजलाई अग्रसर गराउने उदेश्यले यस्तो कार्यक्रमको पहिलोपटक आयोजना गरेको बताउनुभएको छ। सबै सहभागी एबम  सहयोगीलाई धन्यवाद दिंदै उहाँले आगामी दिनमा अझै परिष्कृत गर्दै अझै भब्य बनाउने समेत बताउनुभयो।  


एक औपचारिक कार्यक्रमका बीच भएको सो कार्यक्रममा भिन्तुना नेवा : खल ओमसतियाका अध्यक्ष ज्ञानेश श्रेष्ठको अध्यक्षता ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुको प्रमुख आतिथ्यता र ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीको बिशिस्ठ आतिथ्यता तथा वडा नम्बर-१ का अध्यक्ष बेल बहादुर बराल,२ का अध्यक्ष सित्तल जिटी,सियारी-१ का अध्यक्ष अरुण कुमार शाही, गङ्गा थापा,संस्थाका संस्थापक अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा नम्बर-१ ओमसतियाका  वडासदस्य जानकी पासी, फ़ोनिजका बरिष्ठ उपाध्यक्ष तथा तिलोत्तमा सिटीका सम्पादक सरु राना लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम कमल मानन्धरको स्वागत तथा आरोग्य जोशीको संचालनबाट शुरु भएको हो।  

कमेन्ट गर्नुहोस्