लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुल पिकटाइममा ट्रक र टिप्पर जस्ता ठुला सवारी नचलाउन तिलोत्तमाको निर्देशन

IMG

मणिग्राम।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मणिग्राम क्षेत्रको पश्चिम शान्ति नमुना माविको करिव ३ किलोमिटर क्षेत्र भित्र बिहान र दिउसोको पिक स्कुल टाइममा ट्रक र टिप्पर जस्ता ठुला सवारी नचलाउन आग्रह गरेको छ। 


स्कुल जाने समय बिहान ९:४५ देखि १०:१५ बजेसम्म र दिउसो ४ देखि ४:३० बजेसम्म सवारी नचलाउन नगरपालिकाले निर्देशन दिएको हो। सो समयमा विद्यार्थीको आवतजावत एकदमै बढी हुने भएकोले सो समयमा ट्रक,टिप्पर जस्ता ठुला सवारी नचलाउन र बैकल्पिक बाटो अपनाउन नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले आग्रह गरेका छन्। स्कुलको प्रवेश तथा निस्कने समयमा अत्याधिक विद्यार्थीको चाप हुने भएकोले सो समयमा मणिग्राम देखि पश्चिम १२ नम्बर क्षेत्र सम्मको बुद्धपरिपथ ( पुर्व पश्चिम सडक )मा मालबाहक सवारी संचलान नगर्न आग्रह हरिएको हो। 


निमित्त प्रशासकीय प्रमुख गंगाराम आचार्यद्वारा हस्ताक्षरित सूचना प्रकाशित गर्दै नगरपालिकाले सो निर्णय गरेको हो। सो समयमा दुर्घटना हुन सक्ने सम्भावना अत्याधिक हुने हुनाले सो निर्णय लिएको आचार्यको भनाई छ। सोमबार सम्पन्न नगरपालिकाको सार्बजनिक सुनुवाईमा नगरप्रमुख रामकृष्ण खाणलाई प्रश्न गर्दै नगर बालमैत्री संजालका एक विद्यार्थीले सो अवस्थाबारे प्रश्न राख्दै सो निर्णय गर्न आग्रह गरेका थिए। सो निर्णयको स्वागत गर्दै स्थानिय बासी एबम विद्यार्थीले मणिग्राम देखि पश्चिम मात्र नभई पुर्व साइड समेत सो समयमा बन्द गर्नुपर्ने सुझाव दिएका छन्।                                                                                                                                                                      

कमेन्ट गर्नुहोस्