लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६का ज्येष्ठ नागरिकलाई विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर

IMG

गोरकट्टा। ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले वडा अध्यक्षसंग ज्येष्ठ नागरिक स्वाथ्य कार्यक्रम अन्तर्गत गत पुष महिनादेखि शुरु गरिएको नियमित स्वास्थ्य शिविर आनन्दबन स्वास्थ्य चौकीमा विशेषज्ञ सेवासहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।


बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए। स्वास्थ्य शिविरमा १ सय ६३ जना लाभन्वित भएको वडा सदस्य पुर्ण प्रसाद आचार्य संजयले जानकारी दिए।शिविरमा यस क्षेत्रका बरिष्ठ फिजिसियन.डा.कृष्ण चन्द्र गोदार, महिलारोग बिषेशज्ञ डा. शर्मिला शर्मा, हाडजोर्नी बिषेशज्ञ डा.अंकित कार्की, र बिएनएमटीका संयोजक बिबेचना पाण्डे,प्राबिधिकहरु फिल्ड सुपरभाइजर अमित कुमार मिश्र, रेडियोग्राफर दिपेन्द्र बरईद्वारा बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। बिरामीको छातीको एक्सरे, ईसिजी, रगत जांच, पिसाव जांच, लगायत ज्येष्ठ नागरिकको हाडजोर्नी,महिलाको पाठेघर सम्बन्धि समस्या आदिको परीक्षण गरिएको थियो। नि:शुल्क एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे।


गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो। घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको कार्यक्रमका सभापति सिता गौतमले बताईन। वडाबासीले स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ। यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो। विभिन्न संघ संस्थाको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आइरहेको छ। शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै बरिष्ठ फिजिसियन.डा.कृष्ण चन्द्र गोदारले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने र वडाले प्रदान गरेको यो सेवा नागरिकका लागि निशुल्क भएपनि शिविर गर्न वडाले ज्येष्ठ नागरिकका लागि धेरै खर्च गरेको बताए।


बिराट नेपाल मेडिकल ट्रस्ट क्रिटिक प्रोजेक्ट रुपन्देहीको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। बिएनएमटीले निशुल्क एक्सरे गरि विभिन्न रोगको परीक्षण गरेको थियो। शिविरमा सेवा लिएकाले  निशुल्क एक्सरे गर्न पाउदा खुसि व्यक्त गरेका बिएनएमटीका संयोजक बिबेचना पाण्डेले जानकारी दिईन ।रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ। 


सो अवसरमा बोल्दै आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज राम प्रसाद चुंदालीले स्वास्थ्यचौकीले नियमित रुपमा जनताको स्वास्थ्यका लागि सहज तथा उत्कृस्ट सेवा दिईरहेको र आगामी दिनमा समेत भिडियो एक्सरे, एक्सरे, रेबिज भ्याक्सिन, बर्थिंग सेन्टर, नियमित स्वास्थ्य चेक जांच गर्दै आएको र यस क्षेत्रका मानिसहरुको स्वास्थ्य प्रति निकै संबेदनशील बनेको बताएका छन्। क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन्। समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने। बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने इन्चार्ज चुंदालीले उल्लेख गरे।


शिविरमा उपस्थित चेक गराउने १ सय ६३ जना मध्ये ६८ जनाको छातीको एक्सरे,र ईसीजी ५५ जनाले गरेका थिए ति मध्ये  महिलाहरुमा पाठेघरको समस्या, पोलिक समस्या हाडजोर्नी उच्च रक्तचाप लगायतको समस्या बढी देखिएको इन्चार्ज चुंदालीले जानकारी दिनुभयो। कार्यक्रममा टोलबिकासका प्रतिनिधि मोहनिलाल आचार्य, सुन्दर टोल बिकासका प्रतिनिधि, आमा समूह स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी एबम जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो।  

कमेन्ट गर्नुहोस्