लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतियाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा सिटी,२०८२  वैशाख २४ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि ओमसतिया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय सरोकारवालाहरु, राजनितिक दलहरु लगायत वुद्धिजिवीहरुले गाउँपालिकाको कार्यको समिक्षा लगायत विविध पक्षमा आफ्ना धारणाहरु प्रकट गरेका थिए।  


कार्यक्रममा उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुले ठुटिपिपल बजारको ठेक्काको अनियमितता , विधालयहरुको नतिजा असन्तोषजनक , खोलानाला उत्खनन , धार्मिक मन्दिरको उचित व्यावस्थापन नभएको लगायतका विषयहरु उठाएका थिए। जसको जवाफ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव , उपाध्यक्ष सुनिता चौधरी ले दिनुभएको थियो।  


ठुटिपिपल बजार ठेक्काको काम लगत्तै सुरु हुने साथै विधालयहरुको नतिजा वृद्धिका लागि विधालयका प्रध्यानाध्यापक तथा विधालय व्यावस्थापन समितिको पनि उत्तिकै हात हुने र सबै मिली शिक्षाको नतिजा वृद्धि गर्न जुट्नु पर्ने कुरामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी ले जोड दिनुभयो।  


गाउँपालिकाले विकासको निम्ति कार्यहरु गरिरहेको र उठेका समस्याहरुको पनि उचित समाधान गर्ने गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले बताउनुभयो।  कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले समयानुकुल विभिन्न तालिमहरु पनि गाउँपालिकाले प्रदान गर्दै आएको साथै अझै उपयोगि तालिम तथा कार्यक्रमहरु गर्ने पनि जानकारी दिनुभयो। गाउपालिका भवनसम्म आउने बाटो मर्मतका लागि पनि पहल भइरहेको साथै शैक्षिक सुधार , बजार व्यावस्थापनमा पनि गाउँपालिका अग्रसर रहने जानकारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी ले दिनुभयो।  


करिव २०० स्थानिय उपस्थित उक्त कार्यक्रममा गाउँपालिकाले गरेका कामको प्रसंसा लगायत समस्याहरु गाउँपालिका समक्ष राखेका थिए जसमा  विविध विषयमा छलफल गरिएको थियो।   

कमेन्ट गर्नुहोस्