
पाल्पा। होमस्टे पर्यटन प्रवर्द्धन गरी गाउँवासीमा उद्यमशीलता बिकास गर्ने उद्देश्यका साथ मिति २०८१/१२/४ गते देखि माथागढी गाउँपालिका वडा न ३ स्थित ओलेसमा संचालित होमस्टे संचालनको लागि आधारभूत तथा रैथाने पाक शिक्षा तालिम आज ६ गते माथागढी गाउँपालिका वडा न ३ का कार्यवहाक वडा अध्यक्ष मान बहादुर रानाज्यूको अध्यक्षता र गा पा का आदरणीय उपाध्यक्ष बिष्णुमाया लुङचेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। जसका केही झलकहरु..
माथागढी गाउँपालिकाको आयोजना तथा होमस्टे महासंघ नेपालको सहकार्यमा चैत्र ४ गते देखि ६ गतेसम्म संचालित होमस्टे तालिम सम्पन्न भएको छ। होमस्टे (घरबास) संचालनको लागि आधारभूत तथा रैथाने पाक शिक्षा तालिम माथागढी वडा नम्बर-३ स्थित कसेनी ओलेसमा सम्पन्न भएको छ।
तालिम ३ दिनसम्म संचालन भएको तालिममा सिकेका कुरा ब्यबहारमा उतार्न माथागढी-१ चिदिपानीका धैरेनी मगर सांस्कृतिक होमस्टे तथा कौडेलेक मगर सामुदायिक होमस्टे समितिका पदाधिकारीहरुलाई प्रदान गरिएको वडा अध्यक्ष घर्ती मगरले बताउनुभयो। सो होमस्टे तालिममा महासंघका केन्द्रिय उपाध्यक्ष धनिश्वर बस्याल चिफ अभि सारुबाट प्रदान गरिएको थियो। सो तालिम समापन कार्यक्रम माथागढी गाउँपालिका आर्थिक विकास समिति संयोजक तथा माथागढी-३ वडा कसेनी वडाअध्यक्ष तेज बहादुर घर्ति मगरको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङचेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङचेले पर्यटकीय क्षेत्र कौडेलेकको पर्यटन प्रबर्द्धन गर्ने र यहाँका समुदायलाई आत्मनिर्भर बनाउन यस्तो तालिमको आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा यस क्षेत्रको प्रचार प्रसार गर्दै ट्रेकिङ्ग र धार्मिक एब, ऎतिहासिक र पर्यटकीय रुपमा अगाडी बढाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
कौडेलेकमा हाल केहि होमस्टे मात्रै संचालनमा भने तालिम पछि करिव ७ वटा होमस्टे सो स्थानमा तयार भैसकेको र छिट्टै संचालनमा ल्याइने बताइएको छ। मगर सामुदायिक होमेस्टेमा बातानुकुलित प्राकृतिक परिबेशमा स्थानिय खाना, खाजा, स्थानिय कला संस्कृति जगेर्नाका लागि रहन सहन , रितिरिवाज, भेषभुषा, स्थानिय नाच, झाम्रे, सालैजो, ख्याली लगायतका मगर समुदायका अर्गानिक खानपान तथा मनोरम दृश्यसँगै प्रकृतिसंगै हिमाल पहाड र तराईको एकै स्थानबाट अबलोकन गर्न र लालीगुराँस, भ्युटावर थकान स्टेसन र ट्रेकिंगको राम्रो अवसर रहने छ।
कमेन्ट गर्नुहोस्