लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, १४ जना घाइते

IMG

तिलोत्तमा। गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको 'अनटेस्ट' लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका–३ को कान्टारमा आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।


दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका–२ घर भएका ३७ वर्षीय पदमबहादुर दर्जीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी सुवेदीले बताउनुभयो । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्