लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अस्ताए जहान छन् बुद्धका आँखा : भजनशिराेमणि भक्तराज आचार्यकाे निधन

IMG

तिलोत्तमा, फागुन १४ गते २०८०। भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे आज निधन भएकाे छ । उहाँ ८२ वर्षकाे हुनुहुन्थ्याे ।आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्याे । आचार्यलाई उपचारका लागि ललितपुरकाे नख्खुमा रहेकाे मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो ।


उहाँकाे शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।आचार्यले जहान छन् बुद्धका आँखा, मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चाेट दिन्छ्याै देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएकाे छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएकाे छ ।


कमेन्ट गर्नुहोस्