लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ को आँखा शिविरबाट १९३ ज्येष्ठ नागरिक लाभान्वित

IMG

तिलोत्तमा, माघ २३ गते २०८०। तिलोत्तमा नगरपालिकाको आनन्दबन स्वास्थ्य चौकीमा सञ्चालन गरिएको १ दिने आँखा शिविरमा १ सय ९३ जना ज्येष्ठ नागरिकको आँखाको चेकजांच तथा उपचार गरिएको छ । आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य अधिकृत ज्ञानु प्रसाद पौडेलका अनुसार स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा यस क्षेत्र वरपरका ज्येष्ठ नागरिकहरुलाई सुबिधा भएको जानकारी दिनुभएको छ। 


आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र शारीरिक अशक्त भएका नागरिक लाभान्वित भएका छन् । शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने सबै बिरामीहरूको नि:शुल्क लायन्स आँखा अस्पतालमा गरिने तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले बताउनुभयो। शल्यक्रिया गर्नुपर्नेमा ७० देखि माथिका रहेका छन् ।शिविरमा १ सय ९३ जनाको आँखाको परीक्षण र १ सय ५० जनालाई आवश्यकता अनुसार चस्मा समेत उपलब्ध गराइएको वडा अध्यक्ष पाठकले बताउनुभएको छ । 


सो अवसरमा बोल्दै प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिकको घरमै उपचार गर्ने उदेश्यका साथ् गाउँगाउँमा गरिने यस्ता स्वास्थ्य शिविरले स्वस्थ समाज निर्माणमा टेवा पुग्ने बताउनुभएको छ। वडा नम्बर-६ ले गरेको यस कार्यको प्रशंशागर्दै नगरप्रमुख खाणले भौतिक बिकास भन्दा मानबिय बिकासमा नगरपालिकाले जोड दिएको समेत बताउनुभयो। 


आँखाको चेक जांच र उपचार पछि चस्मा अनि औषधि निशुल्क पाएका शल्य क्रिया गर्नुपर्ने तिलोत्तमा -६ का ७० बर्षीय कृष्ण प्रसाद थारुले गाउँमै आँखा शिविर सञ्चालन हुँदा बिरामीलाई सहज भएको बताउँदै कतिपय बिरामीले दोस्रो पटक आँखा पाएको बताउनुभयो । त्यस्तै आफै‌ उपचार गर्न नसक्ने र गाउँभन्दा बाहिर पनि जान नसक्ने एक सयभन्दा बढी बिरामीहरूले प्रत्यक्ष रूपमा सेवा पाएको ७० बर्षीय अर्का ज्येष्ठ ८० बर्षीय नागरिक सान्त बहादुर सुनारले जानकारी दिनुभयो। शिविर पुग्न र गाउँमै उपचार हुने भएपछी खुसी लागेको ८० बर्षीय प्रेम नारायण खरेलले बताउनुभयो । शिविर लायन्स क्लब अफ बुटवल देउरालीको प्राविधिक सहयोग र तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को सिलिङ्ग बजेटबाट  सहजीकरण र आर्थिक सहयोगमा सञ्चालन भएको वडा अध्यक्ष पाठकले बताउनुभयो। शिविरका लागि लायन्स आँखा अस्पातालका सिनियर अप्थाल्मिक एसिस्टेन्ट मनोहर न्यौपानेको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुगेको थियो । शिविरमा ज्येष्ठ नागरिकको सुगर प्रेसरको पनि जांच गरिएको थियो। 


आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य अधिकृत ज्ञानु प्रसाद पौडेलको स्वागत रहेको सो कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाण, लायन्स डिस्ट्रिकका लायन बालाराम भट्टराई, वडा सचिव कृष्ण बहादुर क्षेत्री लगायतले आफ्नो बिचार राख्नुभएको थियो।  


कमेन्ट गर्नुहोस्