लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह

tillotmacitynews - 2024 Jan 28 02:55 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १४ गते । बुटवल उपमहानगरपालिकाले नयाँ नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ ।उपमहानगरले आइतबारदेखि बुटवलको इतिहास झलकसहितको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह उपमहानगरले प्रचलनमा ल्याएको छ । प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने छ । 


नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणी मुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता सङ्केतहरू रहेका छन् । 

कमेन्ट गर्नुहोस्