
तिलोत्तमा,२०८० माघ ८ गते । गणपती लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय भलवारीले सीप विकास मार्फत उद्यमशिलता विकासमा टेवा पुरयाउने उद्देश्यले देवदह न.पा.१० चरङ्गे रुपन्देहिमा ग्राहक सदस्य महिलाहरुलाई आज मिति २०८० माघ ०६ गते शनिबारका दिन व्यवसायिक बङ्गुरपालन तालिम प्रदान गरेको छ ।विभिन्न समुहमा आवद्ध २१ जना महिलाहरुलाई व्यवसायीक बङ्गुरपालनको बारेमा तालिम प्रदान गरिएको भलवारीका शाखा प्रमुख सुवास पोखरेलले जानकारी दिनुभयो । तालिम लिएका महिलालाई व्यवसायीक रुपमा बङ्गुर पाल्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पनि उहाँले बताउनुभयो ।
तालिम कार्यक्रममा बङ्गुरका प्रजातिहरु, रोग, खोप, फोहोरमैला व्यवस्थापन, खोर निर्माण, बजार व्यवस्थापन लगायत व्यवस्थित बङ्गुरपालनको तौरतरिकाको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।व्यावसायिक बङ्गुरपालन तालिमको प्रशिक्षकमा जे.टि.,जे.टि.ए.श्री प्रतीक भण्डारी रहुनुभएको थियो भने प्रमुख अतिथीको रुपमा अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत श्री मदन घिमिरे ज्यु रहनु भएको थियो । साथै तालिम कार्यक्रममा अतिथिको रुपमा गैडाकोट शाखाका प्रमुख श्री कुला प्रसाद न्यौपाने रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण श्री संगिता पौडेल आचार्यले गर्नु भएको थियो । तालिमको अन्त्यमा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्