लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इटहरी उपमहानगरले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा गर्‍यो रूपान्तरण

tillotmacitynews - 2024 Jan 18 08:38 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ४ गते । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो। पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो। उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो ह्विल्स प्रालिसँग सम्झौता गरेर रूपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए। 


संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो। सम्याति इलेक्ट्रो ह्विल्स प्रालिका सञ्चालक आदित्य आचार्यले  मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सक्षम भएको बताए। यसैबीच  उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि  ल्याब स्थापना गरेको छ। खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए।

कमेन्ट गर्नुहोस्