लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मर्मतपछि २६७ यात्रु बोकेर दुबई उड्दै निगमको वाइडबडी जहाज

tillotmacitynews - 2024 Jan 18 08:35 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ४ गते । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतपछि आजदेखि नियमित उडानमा आउने भएको छ। गत सोमबार काठमाडौं-दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो। आवश्यक पार्ट बेलायतबाट ल्याउनुपर्ने भएकाले दुई दिन लागेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उनकाअनुसार ग्राउन्डेड जहाज मर्मतपछि आज(बिहीबार) बेलुका ४ बजे दुई सय ६७ यात्रु लिएर दुबई उड्दैछ।  


निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ। निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ। अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन्।

कमेन्ट गर्नुहोस्