लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अत्याधिक जाडो बढेपछि रुपन्देहीको मर्चवारीमा ४ दिन विद्यालय विदा

tillotmacitynews - 2024 Jan 07 08:25 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए । 


‘अत्याधिक जाडो भएको हुनाले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको जानकारी गराइन्छ, ’अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्