लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालिका बलात्कारपछि हत्या गरेकाे आराेपमा एक युवक जेल चलान

IMG

गुल्मी, मङ्सिर १२ गते। गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय खाँ पक्राउ परेका थिए ।गएको कात्तिक १७ गते शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा बालिकाको शव फेला परेको थियो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानसहितको टोली अनुसन्धानपछि खाँलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरिएको थियो ।अदालतले खाँलाई हिजो पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 

कमेन्ट गर्नुहोस्