लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाँचिएका रेलिड्डहरू नबन्दा बुटवल–बेलहिया सिक्सलेन सडक कुरुप बन्दै

IMG

तिलोत्तमा सिटी । साउन २६ गते । निर्माणाधीन बुटवल–बेलहिया सिक्स लेन सडक निर्माण सुरु भएको ९ बर्ष बितिसकेको छ  । तर सडक हस्तान्तरण नहँुदै कतिपय स्थानमा भत्किएर पुनः टालटुल समेत गरिएको छ भने कपिपय स्थानमा त्यसै हस्सरल्ल छाडिएको छ  । सवारी साधनले भत्काएका डिभाईडर र रेलिङ्ग समयमा नै मर्मत नहुँदा यसले सडकको सौन्दर्यलाई गिज्जाईरहेको स्थानीयले गुनासो गरेकाछन्  । सडक किनारका रेलिड्डहरू भने ठाउँ ठाउँमा कतै भाँचिएका छन कतै रेलिड्डमा लगाईएका पाईपहरू समेत हराएका छन । सडकको दुरावस्थाले सुन्दर बुटवल भैरहवा सडक कुरूप देखिन थालेको स्थानीयले गुनासो गरेका छन । बुटवल भैरहवा क्षेत्रमा करिब १ दर्जन बढी ठाउँमा गाडीको ठक्करबाट रेलिड्ड, पिल्लर भाँचिएका छन् भने धेरै ठाउँमा आफूखुसी पाईप निकालेर बाटो समेत बनाएका छन ।



सडक डिभिजन कार्यालय बुटबलका प्रमुख होम बहादुर ए.सी.ले गत बर्ष केही मर्मत गरेको र यसपाली समेत मर्मत गर्ने योजना रहेको बताउनुभयो । धेरै महिनादेखि सडक किनारका रेलिड्डहरू भाँचिएका कारण सडक अस्तब्यस्त भएको भन्ने प्रश्नमा प्रमुख एसीले भने –‘जसले दुर्घटना गराएर क्षति पुराएको हो, उसैले बनाउनु पर्ने हुन्छ तर कतीपय अवस्थामा दुर्घटना गराएको सवारीले कार्यालयमा निर्माण गर्ने भनेर धरौटी राखेको हुन्छ तर समयमा नबनाएका कारण ढिला भएको हुन सक्छ ।’ दुर्घटना गराउने सवारीलाई नजीकको प्रहरी कार्यालयले नियन्त्रणमा लिएर सडकको क्षति यकिन गरेर निर्माण गरीदिने सर्त र सडक डिभीजनको सहमतीमा मात्र गाडी छाड्ने गरेको प्रहरीहरू बताउँछन । यसरी क्षति भएका ठाउँहरू समयमा निर्माण नगर्नु सडक डिभीजन कार्यालयको लापरवाही भएको आरोप लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्