
काठमाडौं / २० असार । शंखमुलको लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले कक्षा नौ मा पढ्ने छात्रालाई पठाएको म्यासेज सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
शिक्षकले ‘पिल्स खायौ ? पेट दुखेको छ कि छैन् ? तातो पानी खाउ’ जस्ता म्यासेज लेखेको विषय सार्वजनिक भएको हो । शिक्षकले यस्ता म्यासेज लेखेको विषय सार्वजनिक भएपछि परिवारजनले प्रहरीमा उजुरी गरेका छन् ।
छात्राकी दिदीका अनुसार आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको उनले बताइन् ।
केही म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ भनेर समेत सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् । शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् ।
म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको भन्ने अन्दाज परिवारले गरेपछि, जबरजस्ति करणीमा जाहेरी दिने तयारी गरेका हुन् । कानूनतः १८ वर्ष मुनिको बालिकालाई सहमतिमा राखेको सम्बन्ध पनि बलात्कार मानिन्छ ।
परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । त्यसपछि विद्यालयले सम्वन्धित शिक्षकलाई विद्यालयबाट निश्कासन गरेको छ । तर, उनीमाथि कानूनी कारबाहीसमेत हुनुपर्ने परिवारको माग छ ।
प्रिन्सिपल दीलिपकुमार सिलवालले घटना सार्वजनिक भएपछि शिक्षकलाई निष्कासन गरिएको बताए । उनले शिक्षकलाई पछि आवश्यक परेको बेला आउने शर्तमा मोबाइल राखेर जागिरबाट बिदा गरिएको पुष्टी गरेका छन् । सिलवाल अनुसार , आरोपी शिक्षक एक वर्ष अघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए , तेस भन्दाअघि उनी बागलुङमै बस्दै आएको बताए ।
कमेन्ट गर्नुहोस्