
तिलोत्तमा ,असार १६ गते २०८०। रोटरी क्लब अफ मणिग्रामको वर्ष २०२२/२३ को छैठौं तथा वर्ष २०२३/२४ को पहिलो संयुक्त क्लब एसेम्बली तथा २८६ औं नियमित बैठक योगिकुटीमा सम्पन्न भएको छ ।क्लबका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता तथा असिस्टेन्ट गभर्नर मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको क्लब एसेम्बलीमा रोटरी बर्ष २०२२/२३ मा भएका कामहरुका बारेमा पाँचवटा कमिटीहरुले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार प्रशासनिक कमिटी, जनसम्पर्क कमिटी, सदस्यता अभिवृद्धि कमिटी, टिआरएफ कमिटी र चेयरमेयन राजकुमार सुवेदी, अच्युत पन्त, कुलमणि ज्ञवाली, सागर पाण्डे र कृष्णप्रसाद बस्यालले पेश गरेका थिए ।
कार्यक्रममा रोटरी वर्ष २०२३/२४ का अध्यक्ष निर्मल बस्यालले वर्षभरी गरिने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा रोटरी क्लब अफ मणिग्रामका सल्लाहकार लक्ष्मण ज्ञवाली, वर्ष २०२३/२४ का असिस्टेन्ट गभर्नर जमुना पौडेल, संस्थापक अध्यक्ष राजुदेवी खनाल, निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपाने, सचिव मिनप्रसाद भण्डारी, सर्जेट एट आम्र्स सागर पाठकलगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।सो अवसरमा क्लबले यसवर्ष रोटरी अवार्ड प्राप्त गर्न सफल भएको र क्लबका संस्थापक अध्यक्ष राजुदेवी खनाल बेष्ट असिसटेण्ट गभर्नर अवार्डबाट सम्मानित भएकोमा खुसी साटासाट गरिएको थियो ।
क्लबका आगामी वर्षका अध्यक्ष निर्मल बस्यालले पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित सामूदायिक विद्यालयमा महिला शौचालय निर्माणाधिन रहेकोमा सो को प्रगति विवरणबारे जानकारी गराएका थिए ।
कमेन्ट गर्नुहोस्