लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

tillotmacitynews - 2023 Jun 27 01:18 PM
IMG

तिलोत्तमा सिटी / असार १२ काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो। 


गुरुङ भाटभटेनीका सञ्चालक हुन्। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो। 


बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अहिले प्रहरीले पुन: गुरुङलाई पक्राउ गरेको हो। 

कमेन्ट गर्नुहोस्